मंगलबार , अषोज २७, २०८३

नेपालमा (कोभिड -१९) को नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिएको हुनसक्ने विज्ञहरुले बताएका छन्। हालसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २७ पुगेको छ। कोरोना भाइरसको डेल्टा र परिवर्तित ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि हुने क्रम बढेको छ। पुस महिनामा मुलुकभरबाट र्‍यान्डम स्याम्पलिङ विधिबाट संकलित पीसीआर तथा एन्टिजेन पोजेटिभ नमुनाहरूको परीक्षण गरिएको थियो । १ हजार १ सय ४६ पोजेटिभ नमुनाको एस जिन स्क्रिनिङ गर्दा २ सय ५० वटा नमुना (२२ प्रतिशत)मा एसजिन नेगेटिभ आएको थियो। जसमध्ये २४ जनामा ओमिक्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

annapurna post

यसअघि नेपालमा पहिलो पटक मंसिर २० गते नेपालमा पहिलो पटक दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। त्यसपछि पुस ७ गते अर्को जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरससँगै ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिरहेको छ। भारतमा एकैदिन करिब २ लाखमा कोरोना संक्रमण पुष्टि भएको छ भने ओमिक्रोन संक्रमितको संख्या ४ हजार नाघिसकेको छ।

कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट अघिल्लो डेल्टा स्ट्रेनभन्दा हल्का रहेको बताइएको छ । धेरै विज्ञहरूले पनि ओमिक्रोन संक्रमितमा फ्लू जस्ता लक्षणहरू भएको दाबी पनि गरिरहेका छन्।

डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) ले मंगलबार चेतावनी जारी गर्दै यसलाई महामारीको सट्टा फ्लुजस्तो रोग नलिन चेतावनी दिएको हो।
डब्ल्यूएचओले ओमिक्रोनको फैलावट अझै स्थिर नभएको बताएको छ।

युरोपका लागि डब्लुएचओका वरिष्ठ आपतकालीन अधिकारी क्याथरिन स्मलवुडले मंगलबार पत्रकार सम्मेलनमा भनिन्, ‘हामी अझै ठूलो अनिश्चितताले घेरिएका छौं। भाइरस अझै तीव्र गतिमा विकसित भइरहेको छ। नयाँ चुनौतिहरु देखा परिरहेका छन् । हामी अझै यो महामारीलाई सीमित रोग घोषणा गर्ने स्थितिमा छैनौं।’

ओमिक्रोन संक्रमण हुँदा बिरामीमा के कस्ता लक्षणहरु देखिन्छन् र यसबाट बच्न उपायबारे भाइरोलोजिष्ट डा. सुदीप खड्काले दिएको सुझाव जस्ताको त्यस्तै:

– यो निकै छिटो फैलिन सक्छ ।

– खोप लगाएकालाई पनि सर्न सक्छ ।

– अझै पनि खोप नलगाएका थुप्रै व्यक्ति समाजमा छन्, कतिपय जोखिम समूहका व्यक्तिलाई खोप लगाएको धेरै समय भएको छ भने गम्भीर लक्षण देखा पर्न सक्छ ।

– सामान्यतया पहिलेका भन्दा मत्थर भएपनि केही व्यक्तिमा गम्भीर समस्या आइपर्न सक्छ ।

– संख्यात्मक वृद्धि हुँदै गर्दा गम्भीर लक्षणका बिरामीको संख्या पनि बढ्दै जान्छ जसले गर्दा स्वास्थ्य संस्थानमा चाप बढ्ने हुन्छ ।

– पहिलेको जस्तो उपचारको अभाव मा ज्यान गुमाउने स्थिति नरहोस् भन्ने सुनिश्चित गर्न अक्सिजन, लगायतका आधारभूत आवश्यकताको जोहो गर्न स्वास्थ्य सेवा प्रदायकलाई आवश्यक छ ।

– संक्रमितको सम्पर्कमा आएको थाहा हुनासाथ आफूलाई आइसोलेट गरौं ।

– कन्ट्याक्ट त्रेसिङ र टेस्टको दायरा बढाएर गरेर सकेसम्म धेरै संक्रमित लाई पहिचान गरौं ।

– हवाई वा स्थल नाकाबाट छिर्ने सबैलाई अनिवार्य पीसीआर गर्ने व्यवस्थापन गरौं ।

– खोप अभियान तीब्र पारौं। स्मरण रहोस् खोप लगाएको २-४ हप्ता पछि मात्र खोपले पूर्ण सुरक्षा दिन थाल्छ ।

– जोखिम समूहमा रहेका सबैले अविलम्ब बुस्टर खोप लगानुपर्छ ।

– मास्क को प्रयोग अनिवार्य गरौं ।

– फेरि लक डाउन र बन्द गर्नु पर्ने स्थिति आउन दिनु हुँदैन ।

– यसपालि त जागरुक बनौं ।

भाइरोलोजिष्ट सुदीप खड्काको फेसबुकपेजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP