मंगलबार , बैसाख २९, २०८३

पृथ्वीनारायण शाहको विवाहबारे इतिहासमा विभिन्न चर्चा गरिएका छन् । इतिहासकार बाबुराम आचार्यले उनको विवाह र त्यसको उद्देश्यबारे समेत लेखेका छन् ।

वास्तवमा राजाको विवाह पनि राजनीति हुन्छ । मित्रता पनि राजनीति हुन्छ । पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले छोरालाई राजकाज र कूटनीतिको राम्रो तौरतरिका सिकाएका थिए । पिताबाट यीनै मामला सिकेकाले पृथ्वीनारायण कलिलो उमेरमै परिपक्व र प्रभावकारी बनेका थिए ।

पृथ्वीनारायण शाहले महारानी नरेन्द्रलक्ष्मीसँग विवाह गर्नुमा पनि राजनीति नै थियो । नरभूपाल शाह र उनीभन्दा अघिका गोरखाका कुनैपनि राजाहरुले मधेशतिरका कन्यासँग विवाह गरेका थिएनन् । गोरखामा मात्र नभई लमजुङ, कास्की, भीरकोट, आदि क्षेत्रका राजा र राजकुमारहरुले त्यसअघि मधेशका कन्या विवाह गरेका थिएनन् । पृथ्वीनारायण शाह नै मधेशको कन्या विवाह गर्ने त्यस भेगकै पहिलो राजकुमार थिए । यो विषय इतिहासकार बाबुराम आचार्यले उल्लेख गरेका छन् । पृथ्वीनारायाण शाहको मान र क्षमता देखेरै उनलाई मधेशका खानदानीले कन्या दिन तयार भएको उल्लेख छ ।

आचार्यका अनुसार चौबीसीराजाहरुका बीचमा महाभारतका डाँडादेखि दक्षिणपट्टि तलहट्टका मैदानमा मधेससम्म ठकुराइ जोडिएका सेनराजाहरुको मधेसका राजपूतसँग विवाहसम्बन्ध जोडिएको उल्लेख ‘सेनवंशावली’मा गरिएको छ । पछि खण्डहर भइरहेको पुरानो पाल्पानगरका संस्थापक राजन रुद्र सेनका मधेशी राजपूत (मध्यदेशीय राजपूत) की छोरी आसनमालापट्टिका छोरो राजा मुकुन्दे सेन (प्रथम) मधेशी राजपूत (मध्यदेहीय राजपूत) पुरुषेत्तमसिंहका दौहित्र (छोरीका छोरा) थिए । त्यहीँका राजकुमार धर्माङ्गद सेनका छोरा रुक्माङ्गद सेन (द्वितीय) का छोरा राजा कामरिदत्त सेन बाँसीका राजकुमार केशरीसिंहका दौहित्र थिए । तर, महाभारतका डाँडादेखि उत्तरपट्टि मात्र ठकुराइ फैलिएका लमजुङ्ग, कास्की, भीरकोट आदिका राजाहरुले मदिसे राजपूतहरुकी छोरी विवाह गरेको उल्लेख पाइएको छैन ।

पृथ्वीनारायण शाहको मधेशी राजकुमारीसँगको विवाह रोचक छ । अहिले नेपालको समथर भूभागलाई मधेश भन्ने गरिन्छ । तत्कालीन समयमा नेपालको समथर भूभाग र भारतको विहार र उत्तर प्रदेशका नेपालसँग सीमा जोडिएका भू-भागलाई समेत मधेश भनिन्थ्यो जहाँ विशाल जङ्गल पर्दथ्यो । पृथ्वीनारायण शाहको विवाह भएकी नरेन्द्रलक्ष्मी गोरखपुरकी हुन् । उक्त क्षेत्रलाई पनि बाबुराम आचार्यले मदेस भनी उल्लेख गरेका छन् ।

बाबुराम आचार्यले गोरखा र आसपासका राजकुमारहरुले मधेशी कन्या विवाह नगर्नुमा हावापानीको विषय उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘गोर्खाराजवंशमा पनि नरभूपाल शाहसम्म कुनै राजाले पनि मदिसे राजपूतका छोरीहरुसँग विवाह गरेको देखिँदैन ।’ महाभारतभित्रका चौबीसीरजौटाहरुमा र गोर्खामा सकेत ठण्डा हावापानी भएको हुनाले मधेशी राजपूतका कन्याहरुलाई अनुकूल नहुने हुँदा विवाहसम्बन्ध नजोडिएको उनको तर्क छ । वास्तवमा पहाडको जीवन कठिन थियो । समथर भूभागमा उत्पादन राम्रो हुने र जीवन पनि सहज हुने भएकाले राज्य पनि समृद्ध र बलियो हुन्थे । त्यसैले पहाडका विपन्न राजा र तिनका सन्तानका लागि समथर भू-भागको कन्या पाउन मुश्किल पर्दथ्यो ।

पाल्पा र तनहूँका ठकुराइका तलहट्टी रहेका र हिउँदभर राजाहरु त्यहाँ ९तलहट्टीमा० रहने हुनाले त्यहाँको हावापानी मधेशी राजपूतहरुका कन्याहरुलाई अनुकुल हुने र गर्मी र बर्सादमा पहाडखण्डको हावापानी गरम हुँदा मधेशी राजपूतका कन्या विवाह भएका बाबुराम आचार्यले उल्लेख गरेका छन् ।

गोरखा चीसो ठाउँ हो । त्यहाँको पहाडी इलाकामा जीवन कठिन नै थियो । बाबुराम आचार्यका अनुसार गोरखामा मधेशी राजपूतका कन्यालाई हावापानी अनुकूल नभए तापनि पृथ्वीनारायण शाहलाई मधेशी राजपूतकी कन्या खोजियो । यसमा नरभूपाल शाहको छोरालाई बलियो बनाउने रणनीति पनि थियो । इतिहासकार आचार्यले पनि मधेशी राजपूतकी कन्या विवाह गर्न पृथ्वीनारायण शाहलाई आवश्यक भएको उल्लेख गरेका छन् ।

गन्धर्व सेनको सहायता लिई भानु जोशीलाई डोला खोज्न पठाएर गोरखपुरका जमिन्दार दयारामसिंहकी कन्या डोला ल्याएर विवाह भएपछि नरेन्द्रलक्ष्मी भन्ने नयाँ नाम राखिएको उल्लेख गरेका छन् । यसकारण पनि पृथ्वीनारायण शाह मधेशका ज्वाईं हुन् । उनको ससुराली गोरखपुर हो जुन हाल भारतमा पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP