शुक्रबार , भाद्र १२, २०८३

जापानमा एक प्राध्यापकले निर्माण गरेको चाट्न मिल्ने खालको टीभी स्क्रीनको प्रोटोटाइपले खानेकुराको स्वाद दिन सक्ने विवरण समाचारसंस्था रोयटर्सले प्रकाशित गरेको छ।

टेस्ट-द-टीभीको सङ्ज्ञा दिइएको उक्त उपकरणमा १० वटा बट्टाले स्क्रीनमाथि बिछ्याइने “स्वच्छ झिल्ली” मा स्वाद छर्किन्छन्। टीभी हेर्ने मानिसले त्यो झिल्ली चाटेर टीभीमा देखिएको कुराको स्वाद चाख्न सक्छन्।

मेइजी विश्वविद्यालयका प्राध्यापक होमेई मियाशिताका अनुसार उनको आविष्कार प्रयोग गरेर पाकशास्त्री र मदिराको स्वाद जाँचकीलाई प्रशिक्षण दिन सकिन्छ।

बजारमा ल्याउनेगरी उत्पादन गरिएमा उक्त टीभीको मूल्य ८७५ डलर (अर्थात् एक लाख नेपाली रुपैयाँभन्दा केही बढी) पर्न जाने उनको अनुमान छ।

“घरमै बसेको बेला पनि मानिसहरूलाई बाहिरको संसारमा भएको कुनै रेस्टुराँमा खाएको अनुभव प्रदान गर्न सम्भव बनाउने उद्देश्य हो,” उनले रोयटर्ससँग भने।

स्वाद प्रवाहित गर्ने प्रविधि प्रयुक्त अन्य सम्भावित साधन उत्पादन गर्न उनले उत्पादकहरूसँग कुरा गरिरहेको बताइएको छ।

प्राध्यापक मियाशिताले स्वाद ‘डाउनलोड’ गर्न सकिने प्रविधियुक्त विश्वको परिकल्पना गरेका छन्।

उनका अनुसार कोभिड-१९ महामारी फैलिएको बेला यस्तो प्रविधिले मानिसहरूलाई बाह्य संसारसँग सम्पर्कमा राख्ने शैलीलाई बलियो बनाइदिन सक्छ।

तर केही मानिसले महामारीको बेला स्वाद चाख्न मिल्ने टीभी सार्वजनिक गर्ने उपयुक्त समय नभएको धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन्।

“महामारीको बेलामा?” एक जनाले ट्विटरमा लेखे।

अर्का एक जनाले भने कोभिडकालमा “महत्त्वपूर्ण आविष्कार गर्न सकिने धेरै सम्भावना” भएको भन्दै ठट्टा गरे।

विगतमा पनि मियाशिता र उनका विद्यार्थीले स्वादसँग सम्बन्धित विभिन्न साधनहरू बनाएका छन्।

तीमध्ये एउटा काँटाले “खानाको स्वाद अझै राम्रो” बनाउने बताइन्छ।

पत्रकारहरूलाई एक विद्यार्थीले उनको नयाँ आविष्कार प्रयोग गरेर देखाइन्।

ती छात्राले आफूलाई “गुलियो चकलेट” चाहिएको उक्त उपकरणलाई बताइन्। केही प्रयासपछि उनले निर्देशन दिएअनुसार त्यसले प्लास्टिकको झिल्लीमा चकलेटको स्वाद छर्किदियो।

त्यो चाखेपछि उनले भनिन्, “यो मिल्क चकलेटजस्तो छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP