मंगलबार , बैसाख २९, २०८३

केटी सिल्वर, बीबीसी  । हालै भएको एक अनुसन्धानले सेक्स गरिरहेका बेला सडन कार्डियाक अरेष्ट (आकस्मिक हृदयघात) हुने सम्भावना महिलाको तुलनामा पुरुषमा बढी हुने देखाएको छ । तर यस्तो समस्या कहिलेकाँही मात्रै हुने अनुसन्धानले स्पष्ट पारेको छ ।

अमेरिकाको सीडर सायनाय हार्ट इन्स्टिट्यूटका डाक्टर सुमीत चुघले ४ हजार ५५७ वटा हृदयघात सम्वन्धी केशको जाँच गरेका थिए । जसमा ३४ वटा केश मात्रै सेक्स गर्दाको बखत वा त्यसको एक घण्टा भित्र भएको पाइएको थियो । यो ३४ वटा केशमा ३२ वटा पुरुषको थियो ।

डाक्टर चुघले सेक्स र आकस्मिक हृदयघातको सम्वन्ध जाँच सम्वन्धी यो आफ्नो पहिलो अनुसन्धान भएको बताए । उनले यो अनुसन्धान प्रतिवेदन अमेरिकन हार्ट एसोसिएशनको कन्फेन्समा समेत प्रस्तुत गरेको बताए ।

‘कार्डियाक अरेष्ट’ ‘ हर्ट एट्याक’ होइन

डा. चुघ भन्छन्, ‘काडिर्याक अरेष्ट र हार्ट एट्याक फरक कुरा हो ।’  उनका अनुसार हर्ट एट्याक त्यतिवेला हुन्छ, जब मुटुमा जाने रगत प्रक्रियामा अवरोध उत्पन्न हुन्छ । त्यस्तै ‘सड्न कार्डियाक अरेष्ट’मा पनि केही गडबडीका कारण अचानक मुटुले काम गर्न बन्द गर्छ ।यो अवस्थामा व्यक्ति बेहोस हुन्छ । स्वासप्रस्वासमा बन्द हुन्छ । त्यतिवेला तत्काल सहि उपचार पाएन भने ज्यानै समेत जानसक्छ ।

‘कार्डियाक अरेष्ट’संग जोडिएको केही तथ्य

  • अस्पताल भन्दा बाहिर हुने कार्डियाक अरेष्टमा ९० प्रतिशत केश बचाउँनै सकिदैन ।
  • तत्काल सीपीआर नपाउँदा पनि विरामीको बाच्ने सम्भावना हरेक मिनेट १० प्रतिशतले कम हुँदै जान्छ ।
  • यदि पहिलो केही मिनेटमै सीपीआर मिल्यो भने विरामीको बाँच्ने सम्भावना दुई देखि तीन गुनाले बढछ ।
  • सीपीआरको दौरानमा छातीमा एक मिनेटमा १०० देखि १२० पटक सम्म दवाव दिनुपर्छ ।
  • यसलाई सम्झनका लागि अमेरिकाको म्यूजिक व्याण्ड बीजीजका गीत स्टेइङ अलाइवको सुन्न सल्लाह दिइन्छ ।

पहिले देखिनै बिरामी थिए धेरै व्यक्तिहरु
डाक्टर चुघ र उनका सहयोगिहरुले पोर्टल्याण्डमा सन २००२ देखि २०१५ सम्म बयस्यहरुमा आउने सडन कार्डियाक अरेस्ट सम्वन्धी केशको अनुसन्धान गरे । जसमा एक प्रतिशत भन्दा कम केशमा यसको कारण सेक्स थियो । ती मध्ये अधिकांश केश मध्यम उमेरका अफ्रिकि अमेरिकी व्यक्तिमा थियो जो पहिले देखि नै मुटुसम्वन्धी रोगबाट ग्रसित थिए ।

सीपीआर दिन सबैले जान्नुपर्छ
अध्ययनमा यो कुरा पनि थाह भयो कि एक तिहाई केशमा मात्रै सिपिआर दिइयो । जबकी त्यतिवेला व्यक्ति एक्लै थिएन । डा चुघका भन्छन्, ‘यदि अर्को व्यक्तिलाई सीपीआर कसरी दिने भन्ने बारेमा थाह भएको भएँ ती व्यक्तिहरुलाई जोगाउन सकिन्थ्यो । त्यसैले सबैले सीपीआर सिक्न जरुरी छ ।’

सीपीआर इमरजेन्सीमा दिइन एक प्राथमिक उपचार हो । जसमा छातीमा जोड जोडले पटक पटक थिचिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP