शनिबार , भाद्र १३, २०८३

विश्वव्यापी रूपमा बढ्दै गएको तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर नेपालको हिमाली क्षेत्रमा दिन प्रतिदिन बढ्दै गएको छ । हिमालको हिउँ पग्लने दर बढ्दै जाँदा हिमाल काला पहाडमा परिणत हुने र नयाँ–नयाँ हिमताल उत्पत्ति हुने क्रम बढिरहेको छ ।

हिन्दकुश हिमालय क्षेत्रको एकीकृत विकासका लागि अध्ययन, अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरेको एक अध्ययनले मेलम्चीको माथिल्लो भेगमा सानो हिमताल फुटेपछि बाढीपहिरोले बढी मात्रामा क्षति पु¥याएको देखाएको छ । यो फुटेको हिमताल केही वर्षअघि मात्र देखापरेको नयाँ हिमताल भएको अध्ययनले देखाएको छ । केही दिनअघि मेलम्चीमा बाढीपहिरोले वितण्डा मच्चाउँदा अर्बौं बराबरको सरकारी तथा निजी सम्पत्ति बगरमा परिणत भयो ।

हिमाल क्षेत्रका हिउँ पग्लिनुले नेपालको पानीको स्रोतमा र पर्यटन व्यवसायमा प्रत्यक्ष असर परिरहेको छ भने नयाँ हिमतालको उत्पत्तिले जोखिम पनि त्यही मात्रामा बढ्दै गएको छ । विश्व तापक्रमको असरले निरन्तर रूपमा हिमाली क्षेत्रमा पारिरहेको असर र मेलम्चीमा देखिएको प्राकृतिक विपत्तिले नेपालका अरू क्षेत्रमा पनि जुनसुकै बेला विपत्ति निम्तिन सक्ने खतरा बढेको छ । हिमाली क्षेत्रको अध्ययनले विगत १९५० को दशकपछि नयाँ हिमताल बन्ने, हिमपहिरो खस्ने, हिमनदी साँघुरिँदै जाने क्रम वृद्धि भइरहेको छ ।

इसिमोडले सन् २०२० मा नेपालको हिमाली क्षेत्रमा गरेको अध्ययनमा कोसी, गण्डकी र कर्णाली नदी जलाधार क्षेत्रका २१ वटा ताल अति जोखिमपूर्ण अवस्थामा रहेको देखाएको छ । यसअघिका अध्ययनले पनि नेपालमा दुई दर्जन जति हिमताल अति जोखिमयुक्त भएको देखाएको थियो तर कतिपय हिमताल बिस्तारै सुक्दै गएका र हराउने क्रम पनि देखिएको थियो ।

पछिल्लो अध्ययनले पुराना १३ वटा तालको अवस्था अझै जोखिमयुक्त नै रहेको र थप आठवटा तालको अवस्था नयाँ स्वरूपमा जोखिमयुक्त देखिएको अध्ययनले देखाएको छ ।
तत्काल यी तालहरूको जोखिम न्यूनीकरण गर्न नसके हिमताल फुट्न सक्ने र तल्लो तटीय क्षेत्रका दर्जनौँ बस्ती, जलविद्युत् आयोजना, बाटोघाटो, पुुलपुलेसालगायतका राष्ट्रिय सम्पत्तिमाथि सधैँ खतरा भइरहने भएकाले तालको जोखिम प्राथमिकीकरण गरी जोखिम न्यूनीकरण गर्नुपर्ने देखिएको आजको गोरखापत्र दैनिकमा खवर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP