मंगलबार , अषोज २७, २०८३

रुपन्देही उद्योग संघको आयोजनामा ‘संमृद्ध नेपाल निर्माणको आधारः स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ विहीवारदेखि बुटवलमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ सुरु भएको छ । प्रदर्शनीको पूर्व सन्ध्यामा बुधवार औद्योगिक जनचेतना ¥याली प्रदर्शन गरिएको छ । यो औद्योगिक ¥यालीले औद्योगिक जागरण सिर्जना गर्न महत्वपूर्ण सहयोग पुग्ने ठानिएको छ । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका सुरु भएको प्रदर्शनी आर्थिक विकासमा कोसेढुंगा हुने विश्वास गरिएको छ । प्रदर्शनीको ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको आर्थिक कारोवार हुने लक्ष्यले नै प्रदर्शनीको सफलता झल्किएको छ । अर्कोतर्फ प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फलोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका गरी ४ सय ५० स्टलले उद्योग र उपभोक्तावीचको सम्वन्ध अझै नजिक ल्याउन सहयोग पुग्ने आधार तयार भएको छ । त्यसैगरी प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने आयोजकको योजनाले यो प्रदर्शनी सफल भैसकेको छ भन्दा अत्युक्ति हुँदैन ।

बुटवलमा हुने प्रदर्शनी, मेला र महोत्सवले निश्चित रुपमा स्थानीय गतिविधि बढाउन सहयोग पुग्छ । स्थानीय उत्पादन प्रवद्र्धन गर्न टेवा पुग्छ भने त्यसका कारण औद्योगिक एवं व्यापारिक गतिविधि बढाउन सहयोग पुग्छ । मेला र महोत्सवको रौनकले निश्चित रुपमा नेपालमा औद्योगिक एवं व्यापारिक चहलपहलमा बृद्धि गर्न थप सहयोग पुग्छ भन्ने मान्न सकिन्छ । मुलुकमा आर्थिक संकटको यो घडीमा समेत प्रदर्शनी, मेला र महोत्सव आयोजना हुनु राम्रो संकेत हो । मेला र महोत्सवले त्यस क्षेत्रको चहलपहलमा बृद्धिमात्र भएको छैन, स्थानीय गतिविधि बृद्धि गरि राष्ट्रिय उत्पादनमा सहयोग पुगेको छ भन्ने ठान्न सकिन्छ । वास्तवमा देश संकटमा हुँदा पनि आर्थिक गतिविधि बढ्ने अवस्थाले आशाको संचार गरेको छ । यो भनेको जनता चलायमान छन र देशले थोरै फडको मारेपनि यहाँको आर्थिक सूचकाँक राम्रो विन्दुमा पुग्नसक्छ भन्ने हो ।

पछिल्लोसमय रुपन्देहीमा भैसकेका मेला र महोत्सवले यस क्षेत्रको उद्योग र व्यापारको क्षेत्र प्रवद्र्धनमा ठूलो टेवा पुगेको छ । भैरहवामा सम्पन्न लुम्विनी महोत्सवले नेपालका उद्योगले उत्पादन गरेका उत्पादन उपभोक्ताले चिन्न र किन्ने मौका पनि पाए । नेपालकै उत्पादनको विषयमा उपभोक्तालाई जानकारी नभएको अवस्थामा महोत्सवले त्यो अवसर जुराएको छ । त्यसैगरी मणिग्राममा सम्पन्न तिलोत्तमा मेलाले पनि यस क्षेत्रको औद्योगिक जागरणमा महत्वपूर्ण सहयोग पुगेको हो । त्यसै त अहिले राष्ट्रिय अर्थतन्त्र सुधारोन्मुख भन्दा पनि कमजोर अवस्थामा छ । यही अवस्था रहे नेपालले विकासमा अघि बढ्न धेरै वर्ष कुर्नुपर्ने हुनसक्छ । मुलुकको आर्थिक अवस्था कमजोर रहँदा पनि यहाँ भैरहेको गतिविधिले भने केही आशाातीत संभावनालाई उजागर गरिरहेका छन । प्रदर्शनी, मेला र महोत्सवको चहलपहलले देशलाई आर्थिक सम्मृद्धितर्फ उन्मुख गराउन ठूलो मद्दत गर्दछ । यस प्रकारका प्रदर्शनी र महोत्सवलाई आगामी दिनमा पनि प्रवद्र्धन गर्नु आवश्यक छ । रुपन्देही उद्योग संघले गरेको प्रयास सराहनीय छ । आगामी दिनमा पनि यस्तै प्रदर्शनी, मेला र महोत्सवले आर्थिक गतिविधि बढाउन ठूलो सहयोग गर्ने हुँदा यस प्रकारका राम्रा र असल कामले निरन्तरता पाउनुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP