मंगलबार , जेठ १४, २०८२

गत कात्तिक महिनाको पहिलो साता जुम्ली नागरिक दसैंलाई बिदाइ गरी तिहारको स्वागतमा जुटेका थिए । मार्सी फाँटमा लहलह झुलेका धानको त्यो सुन्दरता, वर्षभरिको दुःख बिर्सेर घरमा मार्सी भित्र्याएर भोक मेट्ने किसानको त्यो मिठो चाहना, अनि पाटन तथा खर्कबाट बेंसी झारिएका भेडीगोठ र भैंसी गोठहरूले वर्षा सकिएर हिउँद लाग्ने संकेत गरिरहेका थिए ।कात्तिक महिना लाग्नासाथ वर्षा हुन छोड्छ । यहाँका किसानलाई सिमी, मकै, धान, कोदोलगायतका बाली भित्र्याउने र हिउँदभरि गाईवस्तुलाई पुग्ने घाँस काट्ने चटारो सुरु हुन्छ । तर, यो वर्ष प्रकृतिले पनि आफ्नो कर्म भुल्यो । १ कात्तिकबाट जुम्लामा भारी वर्षा सुरु भयो । ठाउँठाउँमा पहिरो जान थाल्यो, काटेर सुकाएका घाँस पानीले कुहियो ।

रेडियोहरूमा प्रसारण हुने विपद्का सूचना र समाचारले सजग हुन प्रेरित गरिरहेका थिए । मानवीय क्षति नहोस् भन्नका लागि काम छोडेर घरभित्रै बस्न थाले भेरीखोलाका नागरिक । खोलानालामा आवतजावत पनि बन्द भयो । विगतमा भेरीखोलामा बाढी र पहिरोले सामान्य असर गथ्र्यो । योपटकको वर्षाले पनि ठूलो क्षति नहुने विश्वासमा थिए, किसानहरू ।

तर, उनीहरूको विश्वासविपरीत ३ कात्तिकको राति १२ बजे भेरीखोला उर्लेर आयो । ‘बिहान उठेर हेर्दा मार्सी फाँटमाथि बाढी हिँडिरहेको थियो, दर्जनौं विद्युत् गृह बगेको खबर कानमा प¥यो, डेढ सय भेडाको बथान बाढीमा मिसिएको थियो, यो हाम्रो कल्पनाबाहिरको परिणाम थियो,’ तातोपानी–७ सर्मीका दलजित बुढाले भने ।

अहिलेका पुस्ताले भेरीखोला नदीमा यति ठूलो बाढी आएको कहिल्यै देखेका थिएनन् । बुढा पाकाका अनुसार १९८४ सालमा ठूलो बाढी आएको थियो । झन्डै सय वर्षपछि पुनः उर्लेर आएको बाढीले भेरीखोलाका नागरिकलाई रित्तो बनाएर गयो । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत


TOP