
पौष पन्ध्रका दिन संसार भरि छरेर रहेका गुरुगं (तमु) हरुले ल्होछार लाई धुमधाम संग मनाए र कतिपय ठाउँहरुमा समय अनुकूल्ता हेरेर अझै मनाउदैछन। अष्ट्रेलिया को बिभिन्न शहरहरुमापनि पौष पन्ध्रकै दिन बिभिन्न तमु संघसंस्थाहरुको आयोजनामा ल्होछार पर्व बिशेष कार्यक्रम सहित सम्पन्न भएको छ। अष्ट्रैलिया स्थित बिभिन्न तमु संघसंस्थाहरु मध्ये सबभन्दा ठुलो जेष्ठ संस्था “तमु समाज सिड्नी”ले भने ७ जनवरी शनिवारको दिन ल्होछार पर्व मनाउदैछन।
ल्होछार बारे केहि तथ्यहरु पाठकहरु सम्म पुराउन पुराखबर ले एक जना तमु युवा ब्यक्तित्व संग कुराकानी गरेको थियो। उहॉ हुनुहुन्छ बुद्धिजम एण्ड पिस स्टडिजका पुष्प बहादुर गुरुगं । पुष्प गुरुगं काठमाडौ स्थित तमुहरुको सबभन्दा जेठो संस्था “ तमु बौद्ध सेवा समिति” का महा सचीव समेत हुन। प्रस्तुत छ पुराखरले राखेको ल्होछार सम्बन्धि केही जिज्ञासाहरुमा तमु युवा ब्यक्तित्व पुष्प गुरुगको बिचार हरु:
पुराखबर प्र १ : तमुहरुले ल्होछार कहिलेबाट मनाउन सुरु गरेको हो? ल्होछार मनाउनुको खास कारण के छ ?
ल्होसरको सुरुवात यती नै बेलाबाट भएको भन्ने यकिन त छैन तर यो खगोल विज्ञानसँग सम्बन्धित छ । मानब सभ्यताको सुरुवती संगै खगोलको रहस्य र ग्रह नक्षत्र को गणित बिधिबाट दिन महिना साल घडी पल को गणना र त्यस्ले मानिसको मनोबिज्ञानमा पार्ने असर जस्त बिषय समेटिएर ज्योतिष बिज्ञानको बिकास भएको देखिन्छ । यस्ता ज्योतिष बिज्ञान मानवीय सभ्यता अनुरुप फरक फरक छन । जस्तै ग्रीगिरियन अस्ट्रोलजी भारतिय ज्योतिष बिज्ञान्, चिनिया ज्योतिष बिज्ञान आदी। र यो ल्होसार चाही भोट ज्योतिष बिज्ञान सँग सम्बन्धित छ र यस लाई मन्जुश्री ज्योतिष बिज्ञान पनि भनिन्छ । चिनिया ज्योतिष बिज्ञानसंग यसको मेल खान्छ र चिनिया ज्योतिष बिज्ञानको आफ्नै ५००० बर्ष पुरनो इतिहास छ भनिन्छ तर जब बौद्ध धर्म प्रथम सताब्दी ताका चिन पुग्यो त्यसपछि चिनमा भारतिय ज्योतिष बिज्ञान पनि भित्रिन पुगेको देखिन्छ ।
चीन र भारत दुवै सौर्य चन्द्र मास गणना पात्रो हुन । यसैबाट तिब्बती पात्रोको निर्माण भएको देखिन्छ । भोट भाषामा ल्हो भन्ना ले बर्ष र सार भन्नाले नयॉ भन्ने अर्थ राख्दछ । र चिनिया बिधिबाट प्रभावित भएकोले साल लाई जनवारहरुको नामबाट नामाकरण गरिएको हुन्छ ।
ल्होसार मनाउनुको कारण यो ग्रह नक्षत्र जस्ता खगोल शास्त्र बिद्याको बारेमा हुनाले यस्ता ग्रह नक्षत्रहरुले मानिसको मनोबिज्ञानमा असर पार्ने गर्दछ । जस्तै औशी पुर्णिमामा समुद्रमा ज्वार भाटा चल्नु, मानसिक रुपमा पनि सो दिन मानसिक रोगीको मन केहि अस्थिर देखिनु आदी जस्ता उद्दाहरण हुन । र यस्ता ग्रह नक्षत्र को घुम्ने अक्ष रेखा वार्षिक रुपमा दोहोरिने गर्दछ तसर्थ मन्जुश्री पात्रो अनुसार माघे औशीदेखी र तमु जातिले पौष पन्ध्रबाट सुर्य उत्तर तर्फ लाग्ने हुनाले यसलाई बर्ष फेरिने दिनको रुपमा लिने गर्दछ र बिभिन्न बर्षमा जन्मेका मानिसको फरक फरक बर्ग वा जन्म वर्ष हुने गर्दछ र यो क्रम हरेक बार्ह वर्षमा दोहोरिने गर्दछ । यसरि हरेक बर्ष नयाँ तिथिको नयाँ प्रभाव मानिसमा पर्ने हुनाले नयाँ बर्ष लाई बिशेष महत्व दिइ साल फेरिने दिनको रुपमा मान्ने र नयाँ बर्ष नराम्रो बर्ष नहोस भनेर स्वास्ति शान्ती गर्ने पुजा आजा गर्ने दान दातब्य गर्ने, शुभकामान आदान-प्रदान गर्ने जस्त कार्यक्रम हरु सहित मनाउने गरिन्छ।
पुराखबर प्र २: आजभोलि ल्होछार लाई पर्वको रुपमा बिभिन्न सॉस्कृतिक कार्यक्रम र खेलकुद हरु समेत समावेश गरि मनाईएको देखिन्छ कतै लामा, पच्यु जस्ता धर्मगुरुहरुबाट पुजा गरेको जस्तो पनि देखिन्छ, खासमा ल्होछार मनाउने बिधि के हो?
गुरुङ संस्कार र संस्कृतिमा खेगि(पुरेत्) पैडि(ज्योतिष )र चोगा (भलादमी) को बिशेष भूमिका हुने गर्दछ । ल्होसार जस्तो पर्बमा पैडीले चि हेरी सोही अनुरुप पुरेतले पुजपाठ र भलादमी यजमान सर्बसधाराणले मनाउने हो । हिजोका दिनहरुमा ल्होसार को तिथी माघे औशी लाई लिने चलन थियो र ल्होसरलाई बर्ष फेरिने चार्डको रुपमा मनाउने, ग्रह शान्ति पुजा,था शो त्हें गर्ने, रुपा लगाउने आदि गर्दथे । भोटतिर तोला सोनम र गयाल्पो गरी तीन थरीको ल्होसार धुमाधमका साथ मनाउने गर्दछ । गुरुङ सस्कृती अनुरुप तमु ल्होसारको सन्दर्भमा राज्य ब्यवस्था हिन्दूकरण भएको कारणले कतीपाय गुरुङ सन्स्कृतिहरु बिलुप्त हुन पुगेको अवस्थामा २०४६ साल पछि जातिय पहिचानको मुद्दा उठेपछी मात्र पुन जगरणको रुपमा पुस १५ मा गाउ घरमा श्योरा खाने चलन अनुरुप सोही दिन तोला ल्होसारको अवसर पारेर सधै पुस १५ लाई तमु ल्होसारको रुपमा मान्ने चलन बसेको मनिन्छ । त्यसबेला बिभिन्न झॉकी नाचगान खेलकुद प्रतियोगित, भाषण जस्त औपचारिक कृयाकलापहरुव गरी अभियानको रुपमा मनाउने चलन बसेको मान्न सकिन्छ । यसरी झान्डै लोप हुनलागेको एक मात्र गुरुङको मौलिक चार्ड तमु ल्होसार पुन जागारण अभियान को रुपमा सार्बजनिक रुपमा मात्र मनाउने नभै घर घरमा सप्ताह ब्यापी रुपमा मनाउने गर्नु पर्दछ । घरमा दिपावली गर्ने, गुम्ब क्होहिवु धि मा पुजा आयोजना गर्ने, ठुलाबाट अशिर्वाद लिने, केटा केटी बच्चाहरुलाई नयाँ लुगा र मिठो खाने कुरा हाम्रो खे मा पित्रीको अशिर्बादले पाएको भनेर उपहार दिने, घरमा नयाँ लुङ्दा फेर्ने आदि गरी मनाउन सकिन्छ।
पुराखबर प्र ३: कतै ल्होछार त कतै लो सार लेखेको देखिन्छ किन एकै पर्वको नाम दुई तरिकाले लेखिएको होला?
भोट शब्द ब्युत्पती र बिन्यासको आधारमा ल्हो लाई लो लेखिन्छ र यस्को अर्थ बर्ष र छार लाई सार लेखिन्छ यस को अर्थ फेरिनु अथवा नयॉ भन्ने हो ।शाब्दिक अर्थमा ल्होछार र ल्होसारमा कुनै भिन्नता छैन । कसैले छार हैन सार हो कसै ले सार हैन छार हो भनेर बिबाद गरिरहेको पनि देखिन्छ । यो बिसुद्द आयतित भोट शब्द हुनाले हामी भोट बर्मेली भाषा परिवारमा गुरुङ करण हुँदा ल्होछार हुन पुगेको हो र नेपालिकरण हुन पुग्दा कही कतै लोसार पनि भन्ने सुनिन्छ । तर बास्तबिक भोट भाषालाई नेपालीमा उल्था गर्दा लो सार लेखिने गरिन्छ ।
पुराखबर प्र ४: यसपाली तपाईले ल्होछार कसरी मनाउनु भयो आफ्नो क्षेत्रमा कसरी मनाउनु हुन्छ?
यस्पाली हामीले गुम्बामा गई पुजाआजा र भोज गरी मनायौ । घर घर मा दिपावाली र लुङ्दा टॉसेर र पौष १५ गते टुडिखेलमा जम्मा भयौ । बिभिन्न क्षेत्रबाट काठमाडौंमा आई बसोबास गरी बस्ने तमुहरुको जेठो सस्था “तमु बौद्ध सेवा समिती” हो र म हाल यस संस्थाको महासचिब समेत हु । हाल यहाँ थुप्रै सस्थहरु आ आफ्नो गाउठाउँ भेग समेटी खुलेका छन जस मध्य मिलिजुली तमु समाजपनि हाम्रो गाउ ठाउँ, भेग समेटी खोलिएको सस्था हो र म त्यस को निबर्तमान अध्यक्ष पनि हु ।यि सस्थाहरुको छाता सँगठन “तमु ह्युला छोजा धि”हो र ल्होसार यही सस्थाको अगुवाईमा ३ दिने बिबिध कार्यक्रम गरी अन्तिम दिन टुडिखेलमा भेला भाई नाच गान झॉकी प्रदर्शन गरी औपचरीक सभा आयोजना गरी मनाउने गरिन्छ ।
तमु राष्ट्रीय गीत